• २०८१ माघ ९ बुधबार

‘नवीन सागर, आत्मसृष्टी र जनदृष्टी’ सार्वजनिक

चितवन ।

नवीन सागर उपाध्याय सुवेदीुको विषयमा लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । नवीन साुगर उपाध्याय सुवेदी नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को तत्कालिन गैंडाकोट गाउँ विकास समितिका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चायतकालमै जन्मभूमि बागलुङको तत्कालीन सर्कुवा गाउँ पञ्चायतको प्रधानपञ्च र बागलुङ जिल्ला पञ्चायतको सदस्य पनि भएका थिए । उनै नवीन सागर उपाध्याय सुवेदीको बारेमा लेखिएको पुस्तक ‘नवीन सागर, आत्मसृष्टी र जनदृष्टी’ विमोचन गरिएको हो ।

गैंडाकोटमा आयोजित कार्यक्रममा संघीय कृषिमन्त्री रामनाथ अधिकारीले उक्त पुस्तक विमोचन गरे । नवीन सागरले २०५३ सालमा कान्छा छोरा करुणासागरलाई अगाडि लगाएर दुईवटा घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले यस क्षेत्रकै प्रख्यात उद्यम बनेको छ । सागर महले देशभर नै ख्याती पाएको छ । हाल पाँच सय घार माहुरीबाट वर्षमा १५ टन जति मह उत्पादन हुने गरेको छ ।

पुस्तक विमोचन कार्यक्रममा कृषिमन्त्री अधिकारीले मौरीपालन व्यवसायमा लागेका चितवन रत्ननगरकी गीता देवकोटा र कैलालीका मोहनराज खनाललाई ‘नवीन सागर स्मृति मौरी उद्यम पुरस्कार’ प्रदान गरे । उत्कृष्ट मौरी किसानलाई दिने पुरस्कारको राशि जनही १५ हजार पाँच सय रुपैयाँ र सम्मानपत्र रहेको छ । वि. सं. १९९२ सालमा बागलुङमा जन्मेका नवीन सागरको २०७१ सालको भदौ ११ मा गैंडाकोटमा निधन भएको थियो ।