समाचार
 
								 
							काठमाडौँ ।
साहित्य सम्मेलनहरू एकदुई घण्टा चल्ने गरेको धेरैलाई थाहा छ तर दुई दिन दिनरात साहित्य सम्मेलन चल्यो भन्दा धेरैलाई अच्चम लाग्न सक्छ, त्यो पनि नेपाल भाषाको अर्थात् नेवारी भाषाको। तर यस्तै सम्मेलन भक्तपुरमा चल्यो। शुक्रबार र शनिबार यहाँं दुई दिन दिनभर साहित्य सम्मेलन चलेको थियो। शुक्रबार बिहानैबाट सुरु भएको साहित्य सम्मेलन दुई दिन अर्थात् झण्डै ४८ घण्टा चलेको थियो। दुईदिने साहित्य सम्मेलन आइतबार राति सकियो ।
४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) आइतबार भक्तपुरमा सम्पन्न भएको हो। सम्मेलन असोज १८ र १९ गते गरी दुई दिनसम्म सञ्चालन भएको थियो। सम्मेलन आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्वुजाले सम्मेलन दुई चरणमा भएको जानकारी गराए। पहिलो चरण विहान ११ बजेदेखि साँंझ सात बजेसम्म चलेको थियो । दोश्रो चरण साँंझ सात बजदेखि राति अवेरसम्म चलेको थियो । दोश्रो तथा अन्मित दिन पनि विहानैदेखि साँंझ सात बजेसम्म साहित्यिक र त्यसपछि राति अबेरसम्म साँस्कृतिक कार्यक्रम चलेको थियो ।
पहिलो चरणमा विभिन्न नयाँं तथा पुराना साहित्यकारहरुबाट आआफनो साहित्य वाचन गरेका थिए। दोश्रो चरणमा साँंस्कृतिक कार्यक्रम भएको थियो त्यो पनि राति अवरेसम्म। पहिलो र दोश्रो चरण दुवै चरणमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सम्मेलनमा वाचन गरिएका साहित्यहरु प्रतियोगितात्मक र आगन्तुक दुई थरीका रहेका थिए। प्रतियोगितात्मकतर्फ पनि कथा, कविता, लेखलगायतका विधामा प्रतियोगितात्मक साहित्य वाचन भएको थियो। साथै पुराना साहित्यकारहरुले आगन्तुक रूपमा साहित्य वाचन गरेका थिए ।
पहिलो दिन साहित्यसहित विभिन्न विषय विज्ञहरुले आआफनो मन्तव्य पनि राखेका थिए। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, निवर्तमान संघीय साँंसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, मृर्गाैला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ लगायतका दर्जनौं विषय विज्ञहरुले पनि आआफनो विज्ञताबारे जानकारी गराएका थिए । सिमाविद् वुद्धिनारायण श्रेष्ठ, सिमा अध्येता रतन भण्डारी, प्राडा पुरुषोतमलोचन श्रेष्ठ, पुरातात्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, डा. रामप्रसाद ज्ञवाली लगातले पनि आआफनो विज्ञताबारे बोलेका थिए। साथै कार्यक्रममा साहित्यकार नरेन्द्रराज प्रसाई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज अधिकारी, साहित्यकार बेबी झा, कृष्णकुमार बैद्य, इन्दिरा प्रसाई, जताधर झा, हरिहर तिमल्सिना, अभय श्रेष्ठ लगायतका दर्जनौ नेताहरुले पनि साहित्यका विविध पक्षमा चर्चा गरेका थिए ।
सम्मेलन आयोजक समितिका सचिव राजन जतिले जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ चार दशक बढी समयदेखि निरन्तर सम्मेलन चल्दै आएको जानकारी गराए। यसको लागि आयोजक कार्यालय स्थापना गरी एक महिनादेखि तयारी थालिएको जानकारी उनले गराए। साथै मुल समिति पनि सक्रिय रहेको उनले जनाए । मुल समितिले प्रत्येक वर्ष भक्तपुर नगरका विभिन्न टोलहरुमा सम्मेलन गर्ने र त्यसका लागि स्थानीयस्तरमा आयोजक समिति गठन गर्ने उनले जनाए । सम्मेलनमा आयोजक समितिका सदस्य प्रचारप्रसार समितिका संयोजक राजकुमार लघुले ४५ सदस्यीय मुल समिति र यस अन्तर्गत एक दर्जन भन्दा वढी उपसमितिहरु गठन गरी व्यापक तयारीपछि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए ।
४५ वर्षदेखि एक वर्ष पनि नविराई निरन्तर प्रत्येक वर्ष सम्मेलन चल्दै आएको कार्यक्रममा जनाइयो। ४५ वर्पको यो बीचमा २०४५ साल भक्तपुर काण्ड र कोरोनाको वर्ष गरी दुई वर्षमा जटिलताकावीच पनि सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको स्मरण कार्यक्रममा गरियो । यो वर्षको कार्यक्रम भक्तपुर नगरपालिका वडा नं २ इटाछेंस्थि नपुखु (पोखरी) नजिकको खुला ठाउँमा भएको थियो । कार्यक्रममा दिनभर हजारौंको उपस्थिति रहेको थियो ।

