समाचार

हृदयमा तुफान गएको छ
मानवताको उपेक्षा भएको बखत,
क्रान्तिका सदियौं देखिका खतहरू
मस्तिष्कमा ताजै हुँदा,
यो रापिलो समयले धेरै चोट सहन
सक्ने कोमल मुटुलाई
अघ्राख झैँ बनाई दियो,
तर आँखा अगाडिका दृश्यमा
अकस्मात अँध्यारो
बादल मडारीयो,
आफ्नै राजधानीको प्राङ्गणमा,
र आज आँखाहरुले विश्राम खोजिरहेछन,
यो चन्चल मनले लडाइँ गर्दै छ
मस्तिष्कसँग कि
दृश्य साँच्चैका नहुन,
किनकी एउटा क्रुर मानवताको
हरण भएको अर्को बिहानिमा
मेरो जननी नेपाल आमाको
इतिहास बोकेको धरोहरले दन्किनु
परेको छ,
बिना गल्ती आफ्नो माटोको इतिहास
बोकेको आरोपमा हो
या अराजकता बोकेका आफ्नै सन्तती
अन्यको बहकाउमा आएर हो,
लज्जित परीवेश आफ्नै सन्तानको अगाडी
माताको सर्वस्व हरण सहित अग्निदाह,
त्यो प्रतिशोध हो या सन्ततिको हुर्काइमा
संस्कारको कमि वा
पश्चिमी हावा हावी
वा अन्य केही,
तर सर्वोच्च शिखरमा रहेका
नेपाल आमाका खजानाहरू ,
जहाँ उनका सन्ततिले रोजगारी गर्थे,
बेथिती मानवको हुन सक्छ,
गलत व्यवहार मानवको हुन सक्छ
तर भौतिक सम्पदा र निरीहहरूको
जीवन उठाउनाका खातिर पनि
जन्म जन्म आवश्यक रहन्छ
तर भाद्र २०८२ (२३ र २४)को यो दृश्य
देख्न मेरो आँखाहरु सक्षम छैनन्,
जसलाई सामान्य अवस्थामा
ल्याएको दिन मात्र मेरो मुटुले
राम्रो सँग सास लिन्छ प्रिय प्रकृतिबाट ।।
आभाव, दुख अनि अनेकौ प्राकृतिक
भुमरीमा समेत आफ्नो देश्को
रक्षाका लागि खट्ने
तयार रहने वीर नेपाली कहाँ नेर
तिम्रो चेतना हरण भयो,
मातृको कुन शिक्षामा तुक रह्यो,
परीवर्तन गलत व्यक्ती विरुद्द हुनु पर्ने
थियो,
तिमी त कहाँनेर मानवत र सम्पदाकै
हरणमा उत्रिन पुग्यौ,
कतै नयाँ पुस्ताले प्रविधीसँग मितेरी
लगाएर कोठाबाट संसार चियाइ रहँदा
आमाको अनुहार बिर्सेको त होइन,
शिरको ताज सगरमाथा अनि
वीर गोर्खाली गाथा त विर्सेको होइन ??
कतै विश्व जगतको समृद्धिको मोहमा
परेर आफ्नो यथार्थ धरातल बिर्सेको त होइन ??
कतै आत्मनिर्भर बन्ने क्रममा आफ्नै
आफ्नै माटो भुलेको त होइन ??
आधुनिकता लाई अपनाउँदा विश्व झुक्ने आफ्नै भौगोलिक
आस्थाको धरोहर भुलेको त होइन ??
कि बहकाउमा लागेर अरुले दिएको
चक्लेटमा भुलेर आफ्नै थालको भातको
उपेक्षा गरेको ??
कतै भविष्य केन्द्रित हुँदा आफ्नै
अग्रजको त्याग एवम् विरासत भुलेको
त होइन ??
छिटै यी सबै प्रश्नको उत्तर दिएर आफ्नो
सन्तानको श्रम र मायाले नेपाल आमाको
खाग भएको संरचना निर्माणमा जीवन
समर्पित गर्दै बाँकी जीवन खुशी साथ
अर्पण गरी शान्तिको सास फेर्न लायक
बनाएको हेर्न पाइयोस ।।
सुशिला शर्मा शिलु