• २०८० मंसिर १४ बिहीबार

ए मलाईमाया गर्छु भन्ने हजुर

गोपाल योञ्जन

गोपाल योञ्जन

ए मलाई माया गर्छु भन्ने हजुर
कहिले मायापनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरू आई मलाई सताउने गर ।

भावनामा नआऊ तिमी यादमा नआऊ
तन्नेरीको सपनामा जस्तै स्वादमा नआऊ
प्रीतिको फूल टिप्न पर्छभने
काँडादेखि डराई नभाग्ने गर ।

मान्छे के के भन्छन् तिमीलाई मनले के के भन्छ
साँचो कुरा भन मलाई एक दिन त भेट हुन्छ
नलुकाई मनका सारा विम्वहरू
मनखोली मलाई देखाउने गर ।


गोपाल योञ्जन