होली विशेष कविता–अवधी

छ
गोप्य
आकृति
बाउन्ने झैँ
मान्दैन सत्य
अग्लो छु भन्छ ऊ
अहङ्कारको पर्दा
सर्वसत्तामा ओड्छ ऊ
अन्धकारको गिरि टेक्छ
अन्धकारमै अग्लो देखिन्छ
मिथ्या दावा गर्छ मानिस
छोप्न सक्दैन आकृति
बन्द आँखाले प्राप्त
उच्चता उसको
ऊ मात्रै देख्छ
सत्यार्थमा
नगण्य
कद
छ ।
मिलन बोहरा