गजल– हिन्दी

आयो अनुरोध फेसबुकमा नौली परी दामिनी
हेर्दा विम्ब भएँ भुतुक्कमनमा राम्री धनी कामिनी
केको साइत हेर्नु फुर्र मन भो दोस्तीभयो बात भो
लामो च्याट भयो विशेष हुनगो वार्ता मीठो रातभो
टाढाकी सजनी र एकलउनी तेँत्तीस जम्मा चढ़ी
प्यारो बैँस अयुग्मजीवन भयो मर्का जवानी अडी
खोजी एक विकल्पभो रहर भो गाह्रो तगारो बढी
मान्छे हार्दिक प्रीत गीतमनको खोजी गरेकी छडी
पीड़ा त्यो मनको बुझेर कविता लेखेर यो पोस्ट भो
आयो एक कमेन्ट आज उनको योगी घना दोस्त भो
लेखी गीत अनेक प्रीतलयमा गाएँ उनी गायिका
दोहोरी गुलियो अचम्म चुलियो माया परी नायिका
मर्यादा परिवार नाम गरिमा सम्झी विवेकीबनेँ
आए धेर परी गए मन हरी सारा कहानीभनेँ
आगो हो घर खान्छ जल्छ यसमा घर्की र अर्की गरे
यो हो रोग अनन्तकाल विरही गाह्रो हुने हो भरे
मेरो चाल बुझी परी कहरमा बोली हरायो गइन्
वार्ता च्याट गयो चरी वन उडी प्यारी विरानो भइन्
लीला यो युगको अनेक घरको जोगी सदा जोगियो
छोटो जीवनमा विचित्र रमिता के के भयो भोगियो !
…………………………………..
(गिरी नेपाली साहित्यका विभिन्न विधामा विगतचार दशकदेखि निरन्तर कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]