गीत

तिमी आफ्नो सपनामा किन भागी रहेका हुन्छौ ?
किनकि यो देश अब त्यो रहेन
जसलाई म माया गर्छु ।
तिमी आफ्नो सपनामा किन भागी रहेका हुन्छौ ?
किनकि भागेर मात्रै
मुक्त हुन सकिन्छ ।
तिमी आफ्नो सपनामा किन भागी रहेका हुन्छौ ?
किनकि म सपनामा
एउटा प्रेमिल घर बनाउन चाहन्छु
टाढा कतै विरानीमा ।
अनुवाद: राजेन्द्र शलभ