• २०८१ माघ ११ शुक्रबार

गीत

सुशिल पराजुली ’सुप्रप ’

सुशिल पराजुली ’सुप्रप ’

गयो गयो बित्यो अब, जीवन आधा आधी
थाहा छैन कति बेला, चर्कन्छ यो छाती

मैले जे जे कर्म गरें, भोग्न बाँकी होला
यो भाग्यमा कति होला, तर्न बाँकी खोला
घाती पनि भएँ हुँला, कसैलाई जाती
थाहा छैन कति बेला, चर्कन्छ यो छाती

सुख भन्दा बढी दुःख, जेलिएको जीवन
खुईली जान लाग्यो अब, जिन्दगीको रिवन
पीडा छट्पटीले बिते, कैयन् दिन राती
थाहा छैन कति बेला, चर्कन्छ यो छाती

गयो गयो बित्यो अब, जीवन आधा आधी
थाहा छैन कति बेला, चर्कन्छ यो छाती


सुशिल पराजुली ’सुप्रप ’
[email protected]