हिन्दी कविता

लक्जेम्बर्ग ।
नेपाली समुदायले आयोजना गरेको तीज विशेष कार्यक्रममा कवि रेनुका भट्टको कविता संग्रह ‘प्रेमी पहाड’ विमोचन गरिएको छ ।
आइतवार एनआरएनए लक्जेम्बर्गको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकलाई सर्जक पुत्र बालक प्रथमसहित स्थानीय वौद्विक तथा अग्रणी व्यक्तित्वहरू नारायण गुरुङ, बालकृष्ण सापकोटा, रमाकान्त शर्मा, हिमाल सापकोटा र प्रेम गोलेलगायतले सामूहिकरूपमा विमोचन गर्नुभएको थियो ।
पुस्तकबारे युवा लेखक चिराग बराइली, भुवन आले मगर र पदम गौतमले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका महासचिव बालहरि राईले लक्जेम्बर्गमा वौद्विक समुदाय निरन्तर बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, संस्थाकी उपाध्यक्ष दुर्गा थापाले स्वागत मन्तव्यका क्रममा तीजकै दिन महिला लेखकको कृति विमोचन हुनु गौरवको विषय भएको बताउनुभयो ।