• २०८२ आश्विन ३०, बिहीबार

डेभिड शंकरको ‘ए चेलिबेटी’ सार्वजनिक

काठमाडौँ

गायक डेभिड शंकरले तीज गीत ए चेलिबेटी सार्वजनिक गरेका छन् । उनको एकल स्वरमा सार्वजनिक गीत चेलिबेटीप्रति समर्पित छ। यसको शब्द डेभिड र दीपक शर्माको हो। संगीत दीपक शर्माको छ ।

भिडियोमा दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पबी, कुसुम शर्मालगायत कलाकारहरूले अभिनय गरेका छन् । डेभिडकै कन्सेप्टमा बनेको भिडिओको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन्। देव दोर्जे लामाको छायांकन रहेको भिडिओमा प्रविन भट्टको सम्पादन छ । गीत र म्युजिक भिडियोमार्फत सामाजिक सन्देश दिन खोजिएको छ ।