• २०८१ बैशाख ८ शनिवार

मितेरी साइनो

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

मितबा ! मितबा ! कसैले बोलाएको आवाज सँगै जुत्ताको आवाज सुनिन्छ । साँझको समय बाटोको घर तिहारको रमझम छ । एक परिचित अनुहार आँगनमा देख्दा शर्मिला झस्किन्छिन् । विगतका सारा यथार्थ मानस पटलमा आउँछन् । उनीहरू कलेजमा अध्ययनरत विद्यार्थी थिए । एकर्काका कुरालाइ बडो सम्मान गर्थें । उनीहरूलाई लाग्थ्यो विधिले दिदीभाई भएको हुन सक्थ्यो । उनीहरू केवल साथीको रूपमा चिनिन्थे ।
शमिर भनेर चिनिन्थ्यो कलेजमा । राम्रा गीत सङ्गीत तथा नाट्य क्षेत्रमा विशेष चासो थियो उसको । कलेजको सांकृतिक कार्यक्रमका बेला शर्मीला र शमीरको जोडी बडो दमदार मानिन्थ्यो । उसको रूची साहित्य पनि थियो । कलेज पढ्दा पढ्दै आमा बिरामी भए पछि उनी कलेज छोडिन् । आमाको मृत्यु भएपछि बाबा छोरी मात्र सीमित भए बढेकी छोरी विवाहको लागि कुरा आउन थाले । चिने जनेको आफन्तको सहयोगबाट विवाह भयो ।
शर्मिलाको विवाह भएको केही बर्ष पश्चात डिभोर्स भएको थियो । बृद्ध कालका बाबाको सेवा गर्दै माइतीघर मै बस्न थालिन् ।
दुबै जना कुरा गर्दागर्दै त्यही ठाउँमा शर्मिलाको बाबा देखिए । शमिरको नजीक आएर हेरेँ ‘बाबु तिमी चन्द्रप्रसाद गौतमका छोरा हौ होइन ?’
“कसोरी चिन्नु भयो मलाई हजुरले मैले पहिलो पल्ट देख्दैछु । म मित बाबाको खोजीमा यहाँसम्म आइपुगेको हुँ ।’’
हो तिम्रो शहरमा ठूलो घर छ । त्यहाँ हाम्लाई तिम्रो हजुरबाले तिम्रो बाबा केशव प्रसाद ज्यूसंग मित लगाई दिनुभएको हो ।
बडो धुमधामका साथ जमघट भएको थियो । अहिले भेटघाट नभएको पनि वर्षौं भयो मितेरी साइनो हो हाम्रो ! “शर्मिलाको बाबाले विगत सुनाए हजुर मितबाबा ढोग गरेँ हजुरको दर्शन पाएँ धेरै खुशी छु भन्नुस् हजुरको कुरा), शमिरले यत्ति भन्यो तिहारको समय थियो । साँझको समय झाडीमा झ्याउँकिरी कराएका थिए । केटाकेटी पिङ्ग र पटकामा मस्त देखिन्थे ।
बाबु यी मेरी छोरी शर्मिला हुन् । गत वर्षको हिउँदमा विवाह गरिदिएँ । केटा खराब परेछन् । घर छोडी यहीं आएकी छे । जोरी पारी आफन्तले कुरा काट्न थालेका छन् ।
आज तिहार धार्मिक संस्कारका रूपमा रहेको चाड आफ्नो घरमा खुशी छाएको छ मितभाइ भेटिएको पाउँदा ऊ हर्षित छे ।
पहिले साथी देखेकी थिई के के सोची त्यो उसैले जानोस् । आज ऊ भाइटीकामा भाइको पवित्र साइनो मिलेको छ नाता पाएकी छे र एक शुभचिन्तक माइती पनि ।
शर्मिलालाई हेर्छ अलिक असहज लाग्छ बिस्तारै ऊ आफ्नो विगतका कुरा समेटिएका डायरी सम्झिन्छ । ऊ आफैँलाई घृणा र आत्मग्लानी गरेको देखिन्थ्यो । समयले दिएको त्यो कारूणिक कथा व्यथा मनमा दबाउन खोज्छ सक्दैन् ।
शर्मिला दिदीलाई मन दरो बनाएर पुरानो कुरा सुनाउँछ । दिदी पनि भावुक हुँदै आफ्नो जीवन्त विगत सुनाउछे । हो शमिर म तिम्रै यादमा हराईरहेको हुन्थेँ घरमा विवाहको कुरा चलिरहेको थियो । मैले तिमीलाई भेट्न धेरै कोशिश गरे तर सकिनँ । धन्य भगवान् तिमीलाई लाख लाख अर्चना छ सम्मान छ हामीलाई पापबाट मुक्ति दियौ ।
दुवै घण्टौं भावुक बने जीवनलाई खुला बनाउनु पर्दो रहेछ दिदी शमिरले आफ्नो दुखेसो पोख्यो ।
साइनो गाँस्नेहरूले प्रेमलाई होइन सामाजिक मर्यादा भुल्न हुँदैन ।
तिम्रा कुरा सुनेर म पनि दुखित र भावुक बने छोरा छोरी अब तिम्रा जीवनमा धेरै खुशी आउनेछन् ।
अचानक शर्मीलाका बाबा मुटुको धड्कन बढ्छ शायद छिट्टो भन्दा छिटो डाक्टरको क्लिनिकमा पुराइन्छ । वेलैमा आउनुभयो नत्र जेपनि हुन सक्थ्यो ।

शर्मिलाको बाबाको स्वाथ्य सुधार हुँदै छ । शमिर आएको पनि महिनौँ भयोे ऊ फर्कन चाहन्छ । खै किन सकेको छैन जिम्मेवारीको आभास भएको महसूस गर्छ । शर्मिलाको पुनर विवाह भए पछि उसले फर्किने कुरा मितबाबालाई सुनाउँछ । आँखाभरि आँशु पार्दै भने “बाबू यो घर पनि तिम्रै हो दिदी नयाँ घर गए पछि तिमीले नै धान्नु है’’ ऊ मौन हुन्छ । साइनोले उसलाई जीवन सुखमय बनाउन खोजे जस्तो अनुभव गर्छ ।


इन्द्रेणी शर्मा जलद, लन्डन बेलायत
[email protected]