कविता–हिन्दी

काठमाडौं ।
इलाम विकास समाज, काठमाडौंले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा इलाम जिल्लाबाट राष्ट्रका विभिन्न क्षेत्र र निकायहरूमा विशिष्ट जिम्मेवारी तथा योगदान पुरयाउनुभएका तेह्र व्यक्तित्वहरूलाई बधाई तथा सम्मान गरयो ।
इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माननीय महेश बस्नेत, पुनारावेदन अदालत, पाटनका न्यायाधीश माननीय दुर्गाप्रसाद ढुङ्गेल, नेपाली सेनाका उपरथीहरु जीवन दाहाल र मणिकुमार श्रेष्ठ, नेपाल सशस्त्र प्रहरी डी आइजी सुरेश श्रेष्ठ, नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारी, चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी, शिक्षक सेवा आयोगका सदस्य पवित्रा सुवेदी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल, मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान संस्थाका क्याम्पस प्रमुख प्रा. डा धर्मप्रसाद खनाल, पाटन अस्पतालका प्रमुख डा. जनक कोइराला र गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराई सम्मानित हुनु भयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मान–पत्र, मायाको चिनो कप, दोसल्ला, टोपी र फूल वर्षा गरेर सम्मान गरिएको थियो । कार्यक्रममा माननीय महेश बस्नेत, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित चलचित्र विकास बोडका अध्यक्ष दिनेश डिसी, पूर्व मन्त्री केशव थापा लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा इलाम नगरपालिका “साहित्य कला तथा सङ्गीत प्रतिष्ठान“ बाट प्रकाशित “बहुआयामिक व्यक्तित्व पदमबहादुर देवान“ पुस्तक र प्राडा. धर्मप्रसाद खनालकृतMEDICINAL PLANTS AND HERBS AVAILABLE IN ILAM MUNICIPALITY WARD NO-1 -Sakhejung_“इलामका चार “अ“ कृतिको लोकार्पण पनि गरिएको थियो ।
समाजका सचिव अर्जुन भट्टराईले सहजीकरण गर्नु भएको सो कार्यक्रममा चर्चित सङ्गीतकारहरु गणेश पराजुली, यशोदा पराजुली, डेनी निरौला र द्रोण पराजुलीले आकर्षक गीतहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी इलाम विकास समाजका सल्लाहकारहरु एवं समालोचक प्रा. धरणीप्रसाद गौतम र पार्वती शर्मा, चलचित्र निर्देशक एवं लेखक लक्ष्मीनाथ शर्मा, सुखानी सहिद प्रतिष्ठानका महासचिव लोकनाथ सुवेदी, साहित्यकारहरु नन्दु उप्रेती, देवी दुलाल (प्रलेस अध्यक्ष), डीआर राई, मित्र गौतम लगायत बाक्लो उपस्थिति रहेको थियो ।