• २०८० असोज १३ शनिवार

ग्रीष्म अविरलको उपन्यास ‘गोर्खे’ लोकार्पण

काठमाडौँ- ग्रीष्म अविरलको उपन्यास ‘गोर्खे’ लोकार्पण गरिएको छ ।उपन्यासलाई ओरिएन्टल प्रकाशनले बजारमा प्रकाशन गरेको हो । अखिल नेपाल लेखक संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसूदन गिरी लगायतकाले उपन्यासको विमोचन गरे । उपन्यासकार अविरलले कृति पहिलो भएकाले धेरै कुरा छुटेका सक्ने भन्दै आगामीदिन अझ सशक्त ढंगले लेखनमा आउने बताए । उनले यसमा बुबाको जीवनका घटना यथार्थ भएपनि उल्लेख गरिएका कतिपय घटना र पात्रहरु काल्पनिक रहेको सुनाउँदै यदि मिल्न गएमा संयोग मात्र हुने उल्लेख गरे ।

विमोचन समारोहमा बोल्दै डा. गिरीले नेपाली साहित्यमा नयाँ कृति जन्मिएको बताउँदै लेखक अविरलको लेखन आकर्षक लेखनी कलाको प्रशंसा गरे । उनले भने, ‘अर्ध-डायस्पोरिक कृतिको रुपमा गोर्खे आएको छ । यसले नेपाली समाजको समेत कलात्मक ढंगले चित्रण गरेको छ ।’

उपन्यासबारे समालोचक तेजविलास अधिकारीले भाषाशैली र भौगोलिक यात्रालाई मात्र केन्द्रविन्दु बनाएर हेर्दा उपन्यासमा स्थानीय रंगको सुन्दर चित्रण गरिएको छ । ‘उपन्यासको कोटीमा राख्न सकिन्छ भने मान्छेका साझा सुखदुःख र चाहनाहरूलाई खुलेर व्यक्तगर्ने पात्रहरू काल्पनिक भएर पनि वास्तविक लाग्दछन्,’ उनले भने । समयका हिसाबले कालु पाण्डे, दामोदर पाण्डे आदिको कालखण्डको स्मरणदेखि वर्तमान समयलाई उपन्यासले छोएको उनको ठहर छ । राजनीतिक परिवेशका हिसाबले सामन्तवादी समाजदेखि राणा, पञ्चायत, बहुदल-जनयुद्धकाल र गणतन्त्रकाल सम्मलाई सिलसिलाबद्ध रूपमा चित्रण गरेको बताए ।


मुकदमा

अन्योल

खूबसूरत ज़िन्दगी