वसन्तवेला

काठमाडौँ ।
डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्षेत्रका तीन स्रष्टालाई पुरस्कारका लागि छनोट गरेको हो । प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोको अनुसार साहित्यकार डा. सुशीला भण्डारी (कोइराला) लाई ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार दिने निर्णय भएको छ ।
त्यस्तै छन्दकवि रोहिणी रसिकलाई २५ हजार राशिको युवा साहित्य पुरस्कार र गायक तथा संगीतकार प्रवलदीप विश्वासलाई १० हजार ११५ रुपैयाँको नेउपाने कला सम्मान प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।उक्त पुरस्कार असार २३ गते हस्तान्तरण गरिने समितिले जनाएको छ ।