• २०८० मंसिर १३ बुधबार

गीत

प्रकाश सुवेदी

प्रकाश सुवेदी

असारै लाग्यो दर्कियो पानी धर्कियो यो मन
घरका जहान सम्झेर उतै फर्कियो यो मन

प्रवासी माटो यो जीवनशैली रूच्दैन क्यै गरि
बुझाउँ भन्छु म आफ्नै मन बुझ्दैन क्यै गरि
त्यो गाउँ घर बेसीको फाँट भुलौं म कसरी
न आफ्नोपन न आफ्ना मान्छे खुलौं म कसरी

साइत  गर्दा सानै थि सानी चिन्छे कि क्यार्छे खै
पहिले जस्तै समाई हात हिड्छे कि क्यार्छे खै
आमा र बाबा छुटे नि साथ झ-झल्को आउँछ
बेगनास रूपा तस्विर बनि आँखैमा छाउँछ


(प्रकाश सुवेदी चर्चित गीतकार हुन् ।)
[email protected]