• २०८२ चैत्र २९, आईतवार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

हाँस्दा मसँगै हाँसिदिने तिमी छौ ऐना
रुँदा मसँगै रोइदिने तिमी छौ ऐना
मसँग हाँस्ने मसँग रुने तिमी बाहेक कोही छैन

आफ्नै फूल पनि काँडा भयो आजभोलि
माया गर्ने मान्छे टाढा भयो आजभोलि
नाच्दा मसँगै नाचिदिने तिमी छौ ऐना
रुँदा मसँगै रोइदिने तिमी छौ ऐना
मसँग नाच्ने मसँग रुने तिमी बाहेक कोही छैन

आफ्नै अमृत पनि जहर भयो आज
मुटु साट्ने मान्छे मुटु काट्ने भयो आज
बाँच्दा मसँगै बाँचिदिने तिमी छौ ऐना
रुँदा मसँगै रोइदिने तिमी छौ ऐना
मसँग बाँच्ने मसँग रुने तिमी बाहेक कोही छैन


डम्बर बिकेल