• २०८२ आश्विन २३, बिहीबार

भरिया

मिलन बोहोरा

मिलन बोहोरा

यी
जोडी
चो टि ल
जख्मीकाँध
परिक्लान्त छन्
बोकेर हिँड्छन् यी
बोझ गधाको जस्तै
भासिन्छ दलदलमा
कहिले मरुमा लड्दछ
विवश लाचार जिन्दगी यो
अन्त्यसम्म भरिया बन्छ
सकिनसकी तान्दछ
थिचिन्छ कुनै दिन
बोझको तल ऊ
सक्दैन उठ्न
ल म्प सा र
नि र्जी व
ढल्छ


मिलन बोहोरा