• २०८१ बैशाख ७ शुक्रबार

डा. भट्टराई पुरस्कृत हुँदै

काठमाडौँ, फागुन ९, २०७८

वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराई ‘मनिराज वाङ्मय पुरस्कार- २०७७’ द्वारा पुरस्कृत हुने भएका छन् । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, गोदावरी, कैलालीले प्रदान गर्ने एक लाख राशिको यो पुरस्कार डा. भट्टराईलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याए बापत प्रदान गर्न लागिएको हो ।
प्राज्ञ डा. भट्टराईका कथा, कविता, उपन्यास, समालोचना, संस्मरणलगायत विभिन्न विधाका डेढ दर्जन कृति प्रकाशित छन् ।
२०७३ सालमा स्थापितयो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधव घिमिरे, साहित्यकार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र समालोचक दधिराज सुवेदी पुरस्कृत भइसकेका छन् ।