लघुकथा
काठमाडौँ ।
मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ बजारमा आएको छ। नौ वटा कथाहरू समेटिएको यस कथा संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।
‘मौन कोलाहल’मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई उजागर गरेका छन्। संग्रहका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गम्भीर आत्ममन्थनतर्फ डो¥याउने प्रयास गरेका छन्।
लेखक ओझाले आफ्नो उपन्यास ‘ऐँठन’का लागि २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। ‘ऐँठन’ र ‘ऐलानी’ जस्ता लोकप्रिय उपन्यासपछि प्रकाशित ‘मौन कोलाहल’ उनको पहिलो कथा संग्रह हो ।
