• २०८२ भाद्र २८, शनिबार

सीमान्त खुशी !

धनराज गिरी

धनराज गिरी

१६ पाउ, राजधानीबाट बिहान बस समायो प्रोफेसर भगवतीरत्नानुज गोपालेश्वर आशुतोष महादेव गिरिजालोपाध्याय सुशान्तश्रीले, बसमा सौराहा जाने गोरागोरीहरू कम, नेपाली नै बढी थिए । ह्याट र कालो चस्माले उसको हुलिया अलि अलप थियो । हेपाली हाइट, भाञ्जीको घरबाट आएको थियो, क्यानडा रिटर्न, दोस्रोपटक । एक्लो, किन कि माइजूलाई भाञ्जी मितव्ययिता आचार्यले केही दिन राख्न खोजिन् । ऊ एक्लै एक्लै एक्लै । हातमा किताब, डमरु, उपन्यास, उसकै मितवा प्रोफेसर जगमोहन आजादको सम्धी प्रोफेसर अजेयराज गजलोपाध्यायको।

‘म यहाँ बस्नसक्छु,’ एक किशोरी, नातिनीकै उमेरकी ।’ अफ कोर्स ! नरम भयो ।’ धन्यवाद हजुर बा ! ढुक्कसित । तिलकराज शर्मा मोतीकान्त दाजुलाई सम्झियो । अनुहार हेरेको थिएन । हेर्यो आम्मै ! चिन्यो । ‘म हजुर बा नै हुँ नानी !’ प्रोफेसर ।’ मलाई पनि हजुरलाई देख्दा नै आफ्नै हजुर बा जस्तै लाग्यो ।’ नानी ।
‘मलाई पनि नानुलाई देखेपछि सीमान्त खुशी भयो, मन सुशान्त भयो । नातिनी नम्रताकै बहिनी जस्ती ।’
‘आम्मै, हजुर को हो ? सबै नाम हाम्रो परिवारसित मिल् छ त ! हजुरको परिचय ! घर ?? नानी ।
‘मेरो घर बैकुण्ठनगर, गजलटोल, म प्रोफेसर……’
‘आम्मै, अनि हजुरले गोपी, वासु, सुजिता, शारदा, शुलभ, लक्ष्मी, धनराज गिरी, सीता गिरी, हिमाली सुन्दरी गोरी, राजन, रिजाल, पुरी, खनाल, सुजनहरूलाई चिन्नुहुन्छ ? नानी ।
‘म जयमङ्गलाकी प्यारी गुडिया, नातिनी दीपा पोखरेललाई पनि चिन्छु । सीमान्त खुशी ! राधिका पुरी र गीता गिरी कान्छीलाई पनि चिन्छु ! प्रोफेसर ।
‘हे पशुपतिनाथ, हजुर को हो ? सिनेमा जस्तो भयो । दीपा पोखरेललाई पनि चिन्नुहुन्छ र भन्या ? कसरी ? नानी ।
दीपू पितामहसित यात्रा गर्ने, बैशाख २८ गते कुरा गर्ने, अनि मलाई नचिनेकी ? रिस्ते में हम………. मेरी नातिनी ! सरप्राइज !! प्रोफेसर ।’ हजुर बा, यू आर सो फन्नी !’ दीपा ढुक्क । बस पुगेछ रामनगर । घर आएपछि, मामाको फेला परियो ? वासु ।
‘कस्तो फन्नी हजुर बा ! दीपा ।
‘सीमान्त खुशी यही त हो छोरी ! शारदा । प्रोफेसर बहिनीको घरमा गयो ।


धनराज गिरी