• २०८१ फागुन १ बिहीबार

जल

गीताश्री शर्मा

गीताश्री शर्मा


देख्दा
हूँ आँसु
जल जस्तै
छु स्वाभिमानी
तरल सरल
गर्दिनँ जालसाजी
बन्छु सारथि दर्दमा
छल्किन्छु खुसीमा कहिले
टल्किन्छु कहिले परेलीमा
छैन कुनै आकार मेरो
आफ्नै छ आत्मसम्मान
दिन्छु साथ हाँसोमा
गर्दिनँ विभेद
न जात पात
समानता
सम्मान
धर्म
छ ।


गीताश्री शर्मा