हिन्दी कविता

काठमाडौँ ।
ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २0८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीप र कला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौँ, हाम्रा यी अमूल्य राष्ट्रिय गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ” भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुन गइरहेको हो ।
महोत्सव दलित अधिकारकर्मीहरूद्वारा नेतृत्व गरिएका राष्ट्रिय स्तरका दलित संघसंस्थाहरु दलित अधिकार तथा विकास केन्द्र नेपाल काठमाडौँ, नेपाल बौद्धिक मञ्च ललितपुर, समावेशी फाउन्डेसन काठमाडौँ, नेपाल उत्पीडित विकास केन्द्र महोत्तरी र नागरिक जागरण केन्द्र नेपाल काठमाडौँको पहलमा आयोजना गर्न लागिएको छ । यस दलित समुदायको गौरव, प्रतिष्ठा र पहिचानसँग गहिरो गरी जोडिएको ऐतिहासिक महत्वको विषयलाई उच्च प्राथमिकतामा राखेर दलित समुदायको सर्वोच्च धरोहरको रूपमा रहेको सरकारी निकाय राष्ट्रिय दलित आयोगले संस्थागत सहकार्य गर्ने भएको छ ।
उक्त महोत्सवमा दलित समुदायको जातीय पहिचान झल्कने विभिन्न स्टलहरू राखिने र फोटो प्रदर्शनी गरिने महोत्सव सचिवालय सदस्य लेखक तथा दलित अध्येता सरोज दिलु विश्वकर्माले जानकारी दिए ।