१.
स्कूल
हो !
आज
त्यो बच्चा
कत्ति खुशी
भएको थियो
लाग्यो यस्तो की
आमाबाट छुटेको
नानिको मिलाप भयो
आफ्नो भविष्यत देख्यो
हराएको…….. अन्धकारमा
जूनकिरीझैँ आएको बत्ती
सानो नै भएपनि स्पष्ट
सपना बोकी आएको
आशाले सजाएका
किताब कलम
ती यूनिफार्म
सपनाथ्यो
साकार
आज
भो ।
२.
दुर्भाग्य
ऊ
पनि
मानिस
समाजमा
अवहेलित
भएर बाँचेको
यो विज्ञ समाजको
अनैतिक अज्ञानता
अहङ्कारी सूत्र आधार
पैसाको धनी, ज्ञानको धनी
अन्यथा मान्छे भनिँदैन ।
जातिभेद सानो ठुलो
समाज बिरोधीझैँ
अपव्यबहार
गरिन्छ यहाँ ।
बुद्धिजीवी
मानिने
जीव
को ।
लोकनाथ शर्मा
तिनसुकिया (असम)
[email protected]