कविता-हिन्दी

१९ फागुन काठमाडौँ
फागुन १८ गते बुधबार, चौबिसौ सिम्पल सम्मान अर्पण कार्यक्रम सम्पन्न भयो । वरिष्ठ कलाकार सुभाष गजुरेल, शिक्षा,साहित्य, समाजसेवी साहित्यकार वसन्त रिजाल, साहित्यकार गीतकार सुशीला पौडेल, प्रधानअध्यापिका शान्तिकुमारी अधिकारी, गायक सङ्गीतकार भरत भट्टलाइ वरिष्ठ साहित्यकार गङ्गा पौडेलले टीका, कामनपा ३१ को वडा सदस्य सरोज ढकालले रूद्राक्षको माला, सिम्पल आर्ट्सका उपाध्यक्ष गायक सिताराम पोखरेलले सास र सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति गायक पुष्कर जङ्गमले प्रमाणपत्र प्रदान गरी सिम्पल सम्मान २०७८ प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाइ सम्मानित प्रतिभाहरू गजुरेल, रिजाल, पौडेल, अधिकारी, भट्ट सभापति जङ्गम, सङ्गीतकार केशव सान्दाइ, वरिष्ठ उपन्यासकार शङ्कर भारती, साहित्यकार विक्रम श्रेष्ठ सागर, जनप्रतिनिधि सरोज ढकाल लगायतले सम्बोधन गरेका थिए । संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष विमल कोइराला संचालक रहेको सो कार्यक्रममा साहित्यकारहरू शितल गिरी, दुर्गा अधिकारी भमरकोटे, चेतनाथ धमला, ढुण्डिराज पोखरेल, मधुसूदन घिमिरे, शङ्कर पौडेल, प्रभा श्रेष्ठ लगायत अतिथिको रूपमा रहनुभएको थियो । पन्चकुमारी सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू, शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।