घरको पछिल्तिर
तीन वर्षको एउटा सानो बाबुु
डरले खुुम्चिएर उभिएको छ ।
घर भित्र
उसकी आमा भाँडा–बर्तन गर्दैछिन्
र कतै टाढा उसको बुुवा
गिट्टी फुुटाउँदै होला
जो यही उमेरको छँदा
शायद, यसरी नै उभिने गथ्र्यो होला
यहाँ होइन,
अरू नै कुुनै घरको पछिल्तिर ।
अनुवाद: राजेन्द्र शलभ