समाचार

काठमाडौं ।
साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईलगायतले शारदाको नयाँ अंक सार्वजनिक गरे । कार्यक्रममा शारदाका सम्पादक विमल भौकाजीले हस्तलिपि गीत संग्रहको विशेष अंक ल्याउनु पर्ने औचित्यबारे प्रकाश पारे ।