• २०८१ कातिर्क ३० शुक्रबार

राष्ट्रिय कविता महोत्वस हुँदै

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरुसँग कविता माग गरेको छ । इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा/मातृभाषामा भएपनि स्वीकार्य हुने प्रतिष्ठानको भनाइ छ । प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई बाचनका लागि भनोट गरिनेछ भने ती कविता प्रत्येकलाई १५ हजारसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।