लघुकथा
लामो समयदेखि बिरामी रहनु भएकी साहित्यकार ग्रेटा राणाको हिजो बुधबार निधन भएको दुस्खद खबर छ । उहाँ ८० वर्षको हुनुहुन्थ्यो । ‘होस्टेज’ र ‘गोस्ट इन द बाँम्बू’ लगायतका पुस्तकबाट परिचित कवि, उपन्यासकार तथा अनुवादक राणा लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित भएको कुरा जानकारी हुन आएको छ । उहाँको ललितपुरस्थित नेपाल मेडिसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरी सकिएको छ ।
सन् १९४३ मा इङ्गल्याण्डको योर्कशायरमा जन्मिनु भएकी राणाको आधा शताब्दी त नेपालमै बितेको छ । अर्थशास्त्री मधुकर शमशेर राणासँग विवाह गर्नु भएकी ग्रेटा इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टसँग आबद्ध हुनु हुन्थ्यो ।
विकिपेडिया अनुसार उहाँका कविताका पुस्तकहरू Mara, The Stone God Thunders, Middle Load, Beneath the Jacaranda, Hunger is Home, Nothing Personal, So Why Not Sleep, From Castleford to Kathmandu अनि उपन्यासहरू othing Greener, Distant Hills, Right As It Is, Guests in This Country, Place Beneath The Pipal Tree, Hidden Women, Hostage, Ghosts in the Bamboo लगायतका पुस्तकहरू प्रकाशित छन् ।
उहाँ नेपालमा PEN NEPAL भित्र्याउने लेखिकाको रुपमा पनि परिचित हुनुहुन्छ।
