• २०८१ श्रावाण १० बिहीबार

कवि रोहिणी रसिकको ‘छन्द आराधना’ लोकार्पण

काठमाडौंः कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । खोटाङ सामाजिक सेवामञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्तरूपमा सो कृतिको विमोचन गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गरे । त्यस्तै साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईँ बर्बरिक, संस्थाका कोषाध्यक्ष फणिन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको सङ्ग्रहभित्रका कवितावाचन गरेका थिए । सो सङ्ग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ कविता समावेश गरिएको छ ।