खिन्नता र हिनताका डोबहरूले दुखाईरहन्छन्
निर्लज्ज र दुष्टसँगका सम्बादहरू सकिएपछि,
त्यहाँ घटनाहरू उपेक्षित हुन्छन्
भोगाइहरू अपमानित हुन्छन्
र कुनै कुख्यात तानाशाहको मसान उत्रेको जस्तो
कुनै सिद्ध मठाधिशको भ्रमले ग्रस्त दुराचारी महन्त जस्तो
निर्लज्ज हैकम
आफ्ना कुण्ठा र कपटी कृत्यहरूलाई
आकार विहिन, रंग विहिन आवरण दिन्छ
सप्तरंगी सौन्दर्यको नाम दिन्छ र
नचाउँछ मुजरा दर्शनाभिलाशी सम्भ्रान्तहरूको सभामा
कसले बुझाउन सक्ला
उसका मुजरा र
कृष्णजीका रासलीला एकै होइनन् ?
घृणा र अवसादका वाकवाकीले पछ्याई रहन्छन्
निच र कपटीसँगका साक्षात्कार सकिए पछि।
श्रवणकुमार ढुंगाना
[email protected]