गजल

छ
नाम
जसको
अग्र स्थान
पीडा मार्मिक
न हाँसो मुसुक्क
न आँसु टिलपिल
कहानी छ संघर्षको
बन्दैनन् गाथा गौरवका
संस्मरण, के लेख्नु, दुर्दशा
न त इतिहासै बन्ने भो
न दुष्टमा गनिने भो
औसत मानिस ऊ
अगणित सधै
ऊ मेरो गुरु
म हूँ चेलो
सं यो ग
यो ग
यो ।
गुरुदत्र् ज्ञवाली