सिलिगुडी ।
दार्जिलिङ र सिक्किम हिमालयन क्षेत्रको इतिहासका विज्ञ मानिन्छन्, सोनम बी वाङ्गेल । त्यस भेगको इतिहासलाई समेटेर वाङ्गेलले लेखेको अंग्रेजी भाषाको अनुसन्धानमूलक पुस्तक ‘दार्जिलिङः प्लेस नेम्स्’ शनिबार सिलिगुडीमा लोकार्पण भयो ।
करिब दुई दशकभन्दा लामो अनुसन्धानपछि उक्त पुस्तक लेखिएको वाङ्गेलले जनाए । शिक्षाविद् जेता सांकृत्यायन, नाटककार पी अर्जन, लेखक सत्यदीप क्षेत्री र कृतिकार वाङ्गेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए । विमोचनपछि आयोजना गरेको छलफलका वक्ताहरूले भने, ‘यो किताब मात्रै नभएर एक बौद्धिक यात्रा हो ।’