• २०८२ आश्विन ६, सोमबार

सिम्पल सम्मान–२०८१ बाट विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं ।

सिम्पल आट्र्सले ‘सिम्पल सम्मान–२०८१’ बाट विभिन्न व्यक्तित्त्वलाई सम्मान गरेको छ ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा अभिनेता मदनदास श्रेष्ठ, साहित्यकार छविरमण सिलवाल, गायिका लोचन भट्टराई, शिक्षासेवी शारदा ढुंगेल, समाजसेवी ज्ञानेन्द्र भट्टराई र कलाकार अञ्जली महर्जनलाई सिम्पल सम्मान प्रदान गरियो ।

कार्यक्रममा साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, केशव सान्दाइ, शंकर भारती, दुर्गा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।