• २०८२ बैशाख ५ शुक्रबार

आफैं कमा किन !

गीता आचार्य

गीता आचार्य

सरकारी जागिरे बाबु अफिसबाट घर पुग्दा सधै बाहिरको बेल बजाउनुको साटो एकै पटक गेट ढ्याङ ढ्याङ ढुङ्ढुङ् गर्दै बज्छ । छोरी तर्सिदै झटपट झटपट बाहिर निस्किन्छे । चप्पल छिराऊन नपाऊँदै फेरि चर्को गेटको आवाज दोहोरिन्छ । उसले चप्पल लगाउन खोज्छे फेरि फुत्किन्छ ।

एउटा खुट्टामा छिर्छ अर्र्कोमा फुत्किन्छ । एउटामा छिरेको अर्कोमा नछिरेको चप्पल लतार्दै गेटसम्म पुग्छे । गेट खोल्दै बाबुको मुहार यसो हेर्न खोज्छे तर उसको मुखै नहेरी बाबु अघि अघि छोरी पछि पछि गरि भित्र पस्छन् । कहिल्यै खुसी नदेखिने बाबु आज त उज्यालै देख्छे । यहि मौका चोरेर बाबा मैले अस्तिनै देखि भनीराछु हजुरले एघारमा पुगेपछि किनिदिन्छु भन्नु भको हो नि मोबाईल ?
बाबुले दम्भका साथ बोल्छ आफैं कमा किन !
आमा झसङ्ग हुन्छे भर्खर एघारमा पढ्दै गरेको छोरीलाई कस्तो काम गर भनेको होला ? उसले बुझ्नै सकिन ।


गीता आचार्य