कथा

चन्द्र विष्णुमायाको एक्लो छोरो ।
चन्द्र जागिरे थियो; कमाउ जनशक्ति जोसुकैको नजरमा पर्ने नै भयो, परयो; चन्द्र्रको बेलैमा बिहे भै हाल्यो । बिहे गरेपछि सासूबुहारीका बीचमा कुरा मिल्न छाड्यो । चन्द्र मध्यस्थतामा चुक्यो र श्रीमतीको पक्षमा उभियो । अन्ततः त्यही भयो; जुन सामान्यतया हुने गर्दछ: चन्द्रले घर छाड्यो र परिवारसहित शहरमा बस्न आयो ।
त्यसपछि ऊ यतै रमायो ।
विष्णुमाया सधै दुःखमै थिइन् । उनको दुःख घटेन; बरु बढ्यो । जो दुःख थियो; त्यसमा छोराबुहारीको उपेक्षा पनि थपियो; छोरो हुर्किएपछि केही गर्ला भन्ने जुन आशा थियो; त्यो निराशा पनि दुःखको रुपमा थपियो ।
विष्णुमाया कमजोर त थिइन् नै; अब बाक्लै विरामी पनि पर्थिन् ।
हिजो पनि विरामी परिछिन्- विष्णुमाया । कसैले पुरयाएछ- अस्पताल । र, राति त्यहीँ भएछ- उनको मृत्यु ।
चन्द्रले बिहानै पायो- यो जानकारी । र, फेसबुकमा लेख्यो- ‘म टुहुरो भएँ । आमाले आज छाडेर जानु भयो ।’
लेखिसकेर दोहो¥याएर पढ्यो ।
यसपछि भने चन्द्रलाई गाउँका सबैले विष्णुमायाले उसलाई कसरी हुर्काइन् र सक्षम भएपछि उसले के गरयो भन्ने कुरा बिस्तारमा हेर्दै आएको छन् भन्ने लाग्यो ।
शहरका मान्छेले भनून् कि नभनून्; ती मान्छेले त पक्कै भन्ने छन्- ‘बाबु चन्द्र ! तेरी आमाले तँलाई आज छाडिन् र तँ टुहुरो भइस् । तँ आफैले आमालाई उहिल्यै एक्लै छाडेर टुहुरो बनाएको थिइस् नि; त्यो चै बिर्सिस् ? भन् त, कसले पहिले कसलाई टुुहुरो बनायो ?’
चन्द्रले जे लेखेको थियो; त्यो हत्तपत्त मेट्यो । र, यताउता हेरयो ।
त्यसपछि ऊ धेरै समयसम्म ‘के लेखौं; के लेखौं’को अवस्थामा रहेको देखियो ।
ईश्वर पोखरेल
[email protected]