आज रमिता छ देशमा !
हाहाकार छन् जनता
लुछाचुँडी छन् नेता
हों आज रमिता छ देशमा !
कोरोनाको मारले छट्पटिँदै जनता
सत्ताको मातमा लुटपुटिदैँ नेता
हों आज रमिता छ देशमा
कस्तो लोकतन्त्र, पायौ हामीले
जनताको दुःखमा ताण्डव मच्चाउने
कस्तो नेता छान्यो हामीले !
काखमा राखि छुरी धस्ने
हों आज रमिता छ देशमा
आँखामा आँशु थामिएन
विरामीको तडपले
घरबाट बाहिर निस्कनै सकेन
कोरोनाको त्रासले
हों आज रमिता छ देशमा !
सत्ता को दाउ खेल्ने नेता
लाचार छन् जनता
कोरोनाको मारमापिल्सिएका
गरिबको भारले दबिएका
हों आज रमिता छ देशमा !!
हरिस इसान, जापान
[email protected]