काठमाडौँ ।
नेपाल- अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण मंसिर २४ देखि २७ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगरमा आयोजना गरिने आठौँ अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु प्रदर्शन गरिनेछन् । नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्मलाई पनि महोत्सवले महोत्वका दिनेछ ।
अमेरिकाका वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी क्लोजअपुअन्तर्गत फिल्महरु प्रदर्शन गरिने बताइएको छ । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभलु फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्महरू आगामी २०२५ को संस्करण पनि समावेश हुने जनाइएको छ ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । त्यस्तै, महोत्सवको अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन् ।