कविता

आइ कहिले पनि नसकिने यो ऋतुको जवानी ।
चैत र वैशाख भरी रही रहने हो वसन्त रूमानी। ।
पाखा भित्ता भरी रहरले छन गुराँस यि फुलेका ।
दिलको पाटो भरी कति रहरले देश हेरी रहेका ।।
आकाश रम्य कति रहरले हेर देखिन्छ सुन्दर ।
आयो दौडीकन रन वनमा बैँस बोकी धुरन्धर ।।
हो बैँसालु ऋुतु मधुरिमा लौ वसन्ती विशाल ।
आयो रम्दै पृथ्वी तलमा हाँसी गर्छ यो सवाल ।।
मनको पाटो पनि कति रहरै बोकी उर्ली रहेको ।
देखी यस्को अति गहन पवन मन्द हाँसी रहेको ।।
वनकी राम्री कलकल सरिता गीत गाउने रमाई ।
कोइली मीठो चहचह ध्वनिमा प्रीतलाउने लजाई ।।
हेर हर पुष्प पनि लहलह भै बैँसले छन रमेका ।
दिलको पाटो मगमग यसरी छन्द बाँचिरहेका ।।
वेदका ध्वनी कति रहरले ती ऋचा छाडी रैछन् ।
सारङ्गीका सरि अति मिठा गीत वाचन गरेका ।।
शेर्पा आफ्ना हिम शिखरको हेर्दछन् रूप उर्वर ।
ब्राह्मण, क्षत्री, पहाड, पहरा, कन्दरामा फुर्फुर ।।
राता सेता थरीथरी मगमगाउँछन् फूल राम्रा ।
फुल्नु राता गुराँसहरू भै रम्य ऋतु छ उर्वर ।।
(खतिवडा चर्चित साहित्यकार हुन् ।)
[email protected]