काठमाडौँ ।
तीन जना लेखकको कृति ‘युगोगका कथाहरु’ सार्वजनिक भएको छ । भक्तपुर दधिकोटस्थित काठमाडौँ स्कूल अफ ल मा आयोजना गरिएको एक कार्यक्रमबीच सो कथा संग्रहको विमोचन गरिएको हो ।
यश कथा संग्रहमा अन्तराष्ट्रिय कानूनका ज्ञाता डा. युवराज संग्रौला, पूर्व सचिव डा. गोविन्द कुसुम र पूर्व उपसचिव गणेश मार्मिकले लेखेका कथाहरु संग्रहित छन् । लेखकत्रयका नामको पहिलो अक्षर लिएर नाम जुराइएको कथा संग्रहमा हरेकको दश र दशवटा कथाहरु छन् ।
कार्यक्रममा साहित्यकार रामप्रसाद ज्ञवाली, रमेश सुभेक्षुक र सुधा त्रिपाठीले कथाहरुको समाचलोचना गरेका थिए । डा. संग्रौलाले राजनीति र कर्मचारीतन्त्रभित्र हुने गरेका भ्रष्टाचारलाई ब्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । डा. कुसुमका कथाहरु प्रशासनमा केन्द्रित छन् भने शुभेच्छुकका कथाहरुले सामाजिक गरिबीलाई उजागर गरेका छन् ।
कार्यक्रममा डा. युवराज संग्रौलाले पछिल्लो समय देश र समाज बोल्ने साहित्यको अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरे । कथा, कविता र गीत संगीतले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेलेको स्मरण गर्दै उनले साहित्य र संस्कृतिबारे अन्तक्रियाहरुलाई युवाहरूमाझ सघन रुपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए । ‘युगोगका कथाहरु’ लाई लेक्स एण्ड ज्युरिक्स पब्लिकेशनले छापेको हो ।