• २०८१ माघ १० बिहीबार

विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट

काठमाडौँ ।

विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट गरिएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट गरेको हो । छनौटमा परेकामध्ये एकलाई नगद २ लाख रुपैयाँ र ताम्रपत्रसहित २०८० को विमल गुरुङ कृति पुरस्कार समर्पण गरिने पुस्तकालयले जनाएको छ ।

पुरस्कारका लागि नेपाल र भारतमा प्रकाशित नेपाली भाषाका १०१ पुस्तकहरू प्राप्त भएकोमा १० कृतिहरू छनौट गरिएको जनाइएको छ ।यस्तै राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको पनि पुस्तकालयले जनाएको छ । छनौटमा परेका मध्ये उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

विमल गुरुङ कृति पुरस्कार २०८० र कवितामा विजयी उत्कृष्ट तीन जनालाई यही कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती तथा ३३ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने पुस्तकालयले जनाएको छ ।