अनुभूति

काठमाडौं ।
नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारको सभाकक्षमा रमेश खकुरेलको सभापतित्व र मुकुन्द शर्मा चालिसेको आमन्त्रित प्रमुख आतिथ्यमा कोठे कवितागोष्ठी सम्पन्न गरिएको छ । भीमदेव भट्ट, भुवनहरि सिग्देल, सीताराम अधिकारी, मिठ्ठु आचार्य, प्रभा आचार्य, समीक्षक जीवन अधिकारीको विशिष्ठ आतिथ्य, प्रह्लाद पोख्रेलको प्रमुख सहभागिता थियो । कार्यक्रममा प्रभा भट्टराईद्वारा लेखिएको कवितासङ्ग्रह–“कविता–प्रभा”कृति मञ्चासिन सबैका हातबाट लोकार्पित गरिएको थियो । यसमा जीवन अधिकारीको खरो समीक्षापछि कृतिका र आफ्ना रचनावाचन सुरु भए ।
प्रेक्षा लम्साल, आर्या घिमिरेले कृतिकै मात्र रचना वाचन गरे। अन्य वाचकहरू– भीमदेव भट्ट (मन्तव्यसहित), मुकुन्द शर्मा चालिसे, कलानिधि दाहाल, मेनका पोख्रेल (दुवै), दिव्यलक्ष्मी पोख्रेल (दुवै), लोचन भट्टराई (कृतिभित्रका र रमेश खकुरेलले कृतिका बारेमै लेखेको समेत), सिर्जना सरोवर (दुवै), रश्मि भट्ट, मोहन तिमल्सिना, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, विनोद अधिकारी, मुना अर्याल धिताल, सविता वराल (दुवै), निष्ठा न्यौपानेले रचना वाचन गरे । त्सयसैगरी रोज पहाडी, रामचन्द्र घिमिरे(वाचित कविताका पद्यमा नै टिप्पणीसहित आफ्नो पनि), बमबहादुर जिताली, प्रगति आचार्य (प्रभाकी बहिनी कृतिको मात्र), रवि ओझा (कृतिको मात्र), सीताराम अधिकारी, भवानी खतिवडा (कृतिको मात्र), कोशराज न्यौपाने, भुवनहरि सिग्देल, प्रभा भट्टराई (मन्तव्यसहित), प्रह्लाद पोख्रेलहरू पनि रचना वाचनको कित्तामै खडा थिए ।