काठमाडौं ।
साहित्यकार दाजु गुरुङको उपन्यास ‘निरजोया’को विमोचनसँगै पुस्तकमाथि विमर्श सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई लगायतका पाहुनाहरूले कृति सार्वजनिक गरे ।
कार्यक्रममा डा. भट्टराईले नेपाली डायास्पोरिक लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गर्दै उपन्यास ‘निरजोया’ लेखेको आफूलाई लागेको बताए । उनले गुरुङको यसअघिका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ पठनीय कृति भएको बताए ।