मेरी आमा र म - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

मेरी आमा र म

ममता जी. सागर

ममता जी. सागर

म ठ्याक्कै
आफ्नी आमा जस्तै छु

छरितो जिउ
पातला औंलाहरू
आँखा- मुनीका काला घेरा उस्तै

एउटा गह्रौं मुटु
पिरहरूले अटेसमटेस

मनभरि कुदीरहने विचारहरू
एक छिन् पनि ढुक्कले बस्न दिंदैनन्

र एउटा मायालु मुस्कान
सधैँ ओठमा सतही

म काटीकुटी
आफ्नी आमा जस्तै छु

उसका आँशु
मेरा आँखामा बग्छन् ।

अनुवाद: राजेन्द्र शलभ