किराना पसल थापेकी अविवाहित महिला रामकुमारीले आफ्नो ग्राहक राजकुमारसँग भनिन् “दाई तपाईको विवाह भएको छ कि छैन ?” “मेरो विवाह भएको छैन म जस्तोलाई कसले पत्याउन सक्छ र ?” राजकुमारले भन्यो । राजकुमारले त्यसो भने पछि ती पसल थापेकी महिलालाई धेरै खुसी लाग्यो । “त्यसो भए दाई तपाईको लागि राम्री केटी म नै खोजी दिन्छु” भनिन् । राजकुमारले पनि “मलाई राम्रो चरित्र भएको केटी चाहिन्छ” भन्यो । त्यो पसलको बाटो ओहोरदोहोर गर्दा “दाइ कता जान लाग्नु भएको भनेर पसल्नीले सधैँ सोध्ने गर्थिन् । पसल्नीले राजकुमारको घर चिनेपछि उसको घरमा गएर राजकुमारकी आमालाई भेटेर भनिन् “हजुरको छोराको विवाह अब कहिले गर्ने ?” राजकुमारकी आमाले “अब सकभर छिटै गर्ने” बताइन् । “त्यसो भए हजुरको छोरालाई केटी म नै खोजी दिन्छु नि” भनिन् । राजकुमारकी आमाले हाँसेर “हुन्छ नि” भनिन् ।
एकदिन राजकुमार त्यही पसलमा केही सामानहरू किन्न जाँदा पसल्नीले “तपाईकी आमालाई मैले भेट्न जाँदा तपाईको लागि राम्रो चरित्र भएको केटी खोजी दिनु भएहुन्थ्यो” भन्नुभएको थियो भनिन् । “केटी कहिले खोजीदिनु हुन्छ त” राजकुमारले भन्यो । “तपाईलाई अहिले चाहिएमा अहिले नै खोजीदिन्छु” पसल्नीले भनिन् । राजकुमारले हुन्छ नि त भन्यो । राजकुमारले हुन्छ त भन्यो । “केटी अहिले तपाईलाई नै हेरेर मन पराएर बसेकी छे” पसल्नीले लजाउदै भनिन् ।
अरुणबहादुर खत्री “नदी” काठमाडौं
[email protected]