• २०७९ मंसिर २१ बुधबार

तीन काग

मक्सिम तांक

मक्सिम तांक

तीनवटा कागहरू मडाँरिंदै थिए
मारिएको गुरिल्ला सैनिकको लाश माथि
र दुःख प्रगर गर्दै थिए ।

कसलाई खबर दिने यस दुर्घटनाको
उसलाई, जसले यससँग विवाह गर्यो
या फेरी यसकी बुढी आमालाई
या यसका प्यारा साथीहरूलाई ?

तीनवटा काग लगातार उडीरहे
पहिलोले भन्यो
साह्रै गाह्रो छ
यसको श्रीमतीसम्म पुग्ने बाटो खोज्नु
अर्कोले भन्यो
सबैतिर धुवाँ धुवाँ मात्र छ
यसका साथीहरूलाई खोज्नु कठीन छ ।

तीनवटा काग घुमीरहे लगातार
सोची रहे, सोच्दै उडी रहे
तेस्रोले भन्यो
म जान सक्छु उसको बुढी आमाकहाँ
तर खबर यति भारी छ कि
मेरा प्वाँखहरूले बोक्न सक्दैनन् यसको भार ।

तीनवटा काग उड्दै घुमीरहे लगातार ।

अनुवाद: राजेन्द्र शलभ