• २०८३ बैशाख ११, शुक्रबार

आफूलाई

दिव्य गिरी

दिव्य गिरी

आफूलाई भन्दा तिम्लाई धेरै माया गर्ने मान्छे
आज एक्लै एक्लै भएको छ हेर त्यही मान्छे ।

फूल भन्दा कोमल उस्को मनमा काँडा बिझ्यो
जून भन्दा शीतल उस्को तनमा ज्वाला उठ्यो
तिम्रो आँसु झर्दा तिनै आँसुसँगै बग्ने मान्छे
आज एक्लै-एक्लै भएको छ हेर त्यही मान्छे ।

उदास उदास भई बाँच्नुपर्ने तिम्रो शहरमा
निरस निरस भई हाँस्नुपर्ने तिम्रो शहरमा

उज्यालो दिनमा पनि अँध्यारो भोग्ने मान्छे
आज एक्लै -एक्लै भएको छ हेर त्यही मान्छे ।


दिव्य गिरी