कविता
इनरुवा ।
सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा ‘सिर्जनामा इनरुवा’को ५३औँ शृङ्खला शनिबार विभिन्न साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ । कार्यक्रममा ‘सिर्जनामा इनरुवा’की संस्थापक सदस्य तथा साहित्यकार टीका शिवाकोटीको कविता सङ्ग्रह ‘सीमावारिबाट’ विमोचन गरिनुका साथै नियमित रचना वाचन गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता लीलानाथ सिलवालले गरेका थिए भने नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल प्रमुख अतिथि थिइन्। कार्यक्रममा प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, शशी बजगाईं, महाकाव्यकार डमरुवल्लभ भण्डारी, भरत गुरागाईं ‘बर्बरिक’, छत्र काफ्ले, फणिन्द्र दाहाल र कृष्णप्रसाद गौतमलगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी साहित्यकारहरूले कविता, गजललगायत विभिन्न साहित्यिक रचना प्रस्तुत गरेका थिए। सहसचिव प्रकाश ‘अनुराग’ले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव रमेन्द्र कोइराला तथा उपाध्यक्ष राधा सुवेदीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा टंकप्रसाद भेटवाल, विष्णु थापामगर, दीपेशकुमार दास, प्रतीक्षा आचार्य, वर्षा मण्डल, कान्ता भट्टराई, सरिता ढुङ्गाना, सक्षम यादव, जेनिश देव, दिव्य राय, निर्मला कोइराला, यशोदा आचार्य, अर्जुन दाहाल, कविराज घिमिरे, रञ्जना मेहता, रंगलाल भट्टराई, करण यादव, राजकुमार यादव, श्रुति गुप्ता, रोस्नी यादव, कृष्णराज तिम्सिना, रोसन पराजुली, शुक्रराज कुँबर, शुभेच्छा भट्टराई, सान्भी निरौला, निकेश सिग्देल, सुधांश दास, विष्णु दाहाल र हरिलाल मेहतालगायत साहित्यकारको सहभागिता रहेको थियो ।
