समाचार

जिन्दगीमा उधारिएको धागोले सिएको सम्बन्ध
भोलि कस्तो हुनेछ ?
जस्तो हुनेछ जिन्दगी व्यस्त हुनेछ
आफ्नै दुःखको धुनमा गीत गाउँदै
जिन्दगीले नचाउँनेछ
र त्यही धुनमा भोलि म पनि नाच्नेछु,
र त्यही धुनमा भोलि म पनि रमाउनेछु ।
बल्लबल्ल त बुझ्दैछु जिन्दगी
जब चोटहरू लाग्दैछन् ।
निन्द्राबाट
अब सपनाहरू भाग्दै छन्
मलाई हेरि हाँस्दै छन्,
मानौँ कि
ती जसरी दुःखका हिमाल पग्लिएर
आएका नदी मेरै आँखामा बसेका छन,
बल्ल बल्ल अब बुझ्दैछु जिन्दगी
जब चोट लाग्दैछन् ।
लोक जोशी