हो
जहाँ
क द म
टेक्दछु म
झुक्दछ शीर
उठाउँ सिर्जना
टाँसेर छातीभित्र
म भित्रको संभव जो
फोकेर सब दिउँ लाग्छ
चढाउँ लाग्छ फूल दिनहुँ
नवभावका सिर्जना जो
रचौँ स्वच्छ भावनाले
नहोस्कलम दोष
अभियान नै हो
हर्षविभोर
उमङ्गता
कामना
पूर्ण
यो ।
गुरुदत्त ज्ञवाली