• २०८३ बैशाख ३१, बिहीबार

नवराज पुडासैनी ‘ज्योत्स्ना’को मुक्तककृति ‘एकसय थोपा बालामृत’ विमोचित

काठमाडौं

कविता र मुक्तकमा कलम चलाउँदै आएका साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’को नवीनतम मुक्तककृति ‘एकसय थोपा बालामृत’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । जोरपाटीस्थित भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामाले मुक्तककृति सार्वजनिक गरे ।

वडा अध्यक्ष लामाले साहित्यको विकासका लागि आगामी दिनमा पनि वडाकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा डा. विदुला घिमिरेले बालमुक्तकसंग्रह ‘एकसय थोपा बालामृत’ पठनीय भएको बताइन् .साहित्यकार गोविन्दप्रसाद घिमिरे‘वेदमणि, सिद्धनारायण आचार्य, कृतिकार ज्योत्सनालगायतले आफ्ना धारणा राखे ।